२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

लागूऔषध खैरो हिरोइनसहित १७ वर्षीय बालक पक्राउ

२०७७ चैत्र ६, शुक्रबार प्रकाशित ( साल अघि) ८९२ पाठक संख्या

लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको प्रहरी टोलीले पर्सामा १७ वर्षीय बालकलाई लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ ।

बिहीवार साँझ पर्साको वीरगञ्ज महानगरपालिका–१४ पावर हाउस चोकमा १७ वर्षीय बालकमाथि शंका लागेर शरीर खानतलासी गर्दा ६ वटा सेतो प्लाष्टिकको पोकाभित्र लुकाइछिपाई ल्याएको लागूऔषध खैरो हिरोइन ३० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध बरामदपछि उनलाई नियन्त्रणमा लिएर शुक्रवार पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस