२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाल

२०७७ चैत्र ६, शुक्रबार प्रकाशित ( साल अघि) १२७१ पाठक संख्या

पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित भएका छन् ।

गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो ।

यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ । अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको थियो । स्याङ्जा स्थायी घर भएका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

सदस्यमा मनोनीत लम्सालको तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त बहुमुखी क्याम्पसकी उपप्रमुख हुन्
प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पदावधि ६ वर्ष हुने व्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस