२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

चैते धान ५० प्रतिशत क्षेत्रमा रोप्ने काम सकियो

२०७७ चैत्र ५, बिहिबार प्रकाशित ( साल अघि) १७६८ पाठक संख्या

गंगा बिश्वकर्मा
चोरमारा ।

नवलपुर जिल्लाका कृषकहरु यतिबेला चैते धान रोप्नका लागि खेतमा व्यस्त भएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिकाको दक्षिण भेगमा रहेको कोल्हुवा ,शेहेरी, कावासोति नगरपालिकाको ११, १२,१३,१४,१५,१६ र १७ नम्बर वडा , गैडाकोट– ११ को भेडावारी ,देवचुलि नगरपालिकाको रजहर लगायत क्षेत्रका किसानहरु चैते धान रोप्न व्यस्त भएका हुन् ।

जिल्लामा फागुनकोे अन्तिम साताबाट चैते धाने रोप्न कृषहरुले शुरु गरेका हुन् । कृषी ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेका अनुसार यस बर्ष चैते धान लाईने क्षेत्रको ५० प्रतिशत क्षेत्रमा धान रोप्ने काम सकिएको जानकारी दिए ।

नवलपुरमा गत बर्ष १८ सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको थियो । उक्त क्षेत्रफलमा धान खेती गर्दा ५ हजार ५ सय ६३ मेट्रीक टन धान उत्पादन भएको प्रमुख लामिछानेले बताए ।

नवलपुरमा सि एच–४५, स्थानिय जातका धान, गोरखनाथ जातका धान लगाउने गरिन्छ । लामिछानेले भने – यस बर्ष मौसम अनुकुल रहेको छ बिगतको भन्दा धान उत्पादन राम्रो हुन्छ ।

नवलपुरमा फागुनको अन्तिम साताबाट चैतको तेस्रो सातासम्म चैते धान रोपाइँ हुने गरेको लामिछानेले बताए। मध्यविन्दु–१ सेतापानिका कृषक शालिकराम सुनारले बर्षको २ पटक लगाइने धानले कृषकहरुलाई राहत मिलेको बताए ।

उनले १३ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका छन् । उनले भने “मल र बिउ बिजन समयमा उपल्व्ध हुने र मौसम अनुकुल रहेमा धान उत्पादन राम्रै हुन्छ” ।

धान रोपाईका लागि अन्य ठाउँमा आधुनिक मेसिनको प्रयोग गरेको भएतापनि नवलपुर जिल्लामा भने कृषकहरुले हातैले रोपेको धान बढी उत्पादन हुने बिश्वास रहेको किसानहरुले बताएका छन् ।

अन्य कार्यका लागि मेसिनको प्रयोग गरेता पनि रोप्नका लागि भने प्रयोग गरेको पाईदैन । चैतमा लगाइएको धान जेठको अन्तिम सातादेखि असारको पहिलो सातासम्म कृषकले भित्र्याईसक्ने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस