२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चोरमारामा टेलिकमको फाइबर लाइन कोटिएपछि मोबाइलमा समस्या

२०७७ चैत्र ४, बुधबार प्रकाशित ( साल अघि) १२५३ पाठक संख्या

नवलपुर । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा नेपाल टेलिकमको फाइबर लाइन कोटिए पछि नवलपुरमा नेपाल टेलिकमको ल्याण्ड लाइन र मोबाइलमा समस्या भएको छ ।

मंगलबारदेखि समस्या आएको हो । बुधबार अबेरसम्म पनि अझै समस्या समाधान हुन सकेको छैन ।

नेपाल टेलिकम कावासोतीका प्रमुख चन्दन झाका अनुसार अहिले मर्मत कार्य चलिरहेको छ । तत्कालका लागि फोन तथा मोबाइलमा समस्या कम भए तापनि नेपाल टेकिलमका इन्टरनेट सेवाप्रदायक भने अझै प्रभावित भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस