२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

दाउन्ने सडक खण्ड धुलाम्य हुँदा जनतालाई सास्ती

२०७७ चैत्र ४, बुधबार प्रकाशित ( साल अघि) २१८७ पाठक संख्या

कावासोती । दुम्कीबासकी कल्पना शाही दाउन्ने मन्दिर दर्शन गर्न जान बाटोको कारण सास्ती भएको बताउनुहुन्छ ।

हरेक शनिवार देवीको दर्शन गर्न जाने इच्छा धुलाम्य बाटोको कारण गाह्रो भएको उँहाको गुनासो छ ।

त्यसैगरी कावासोतिका मनबाहादुर व्यापारिक प्रयोजनले बुटवल जानु पर्ने हुन्छ तर बाटोको अवस्था देखेर दिक्क लाग्ने बताउनु हुन्छ ।

महेन्द्र राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड पिच फुटेपछि यात्रुहरु दिनहु जसो धुलो खान बाध्य भएका छन् ।

दाउन्ने सडक पिच  गर्ने काम भैरहेता पनि ठाउँ ठाउँमा पिच फुटेको छ । दुम्किबास देखि बर्दघाटसम्म जान यात्रुले सास्ती खेप्न परेको स्थानीयहरुको भनाई छ ।

धुलाम्य बाटोको कारण यात्रुहरु विरामी पर्न सक्ने अवस्था त्यतिकै देखिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस