२०७९ चैत्र ८, बुधबार
नयाँ
पछिला अपडेट

पश्चिम् नवलपरासी प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक द्वारा तत्काल काम सक्न निर्देशन

२०७७ चैत्र ३, मंगलबार प्रकाशित ( साल अघि) ९२६ पाठक संख्या

अनोज यादव  /चैत ३ नवलपरासी । प्रमुख जिल्ला अधिकारी सिडियो सागर मणी पाठक पश्चिम् नवलपरासीमा आए देखि एकदमै सक्रिय रुपमा जिल्लालाई नमूना बनाउने कार्य योजनाबद्ध रुपमा लागि परेका छ्न्न।

पाठकले आफ्नो जिम्मेवारी देश र जनताको सेवा प्रति इमान्दारी साथ काम गर्ने कुशल ,सक्षम निस्वार्थ प्रशासक पनि हुन्छ । जिल्लामा सेवाग्राहीका लागि एक दमै सहज सुलभ तरिका अपनाइ र दीर्घकालीन बिकासका योजनाहरु समेत बनाएको बुझिएको छ ।

जिल्लामा कोभिड – १९ को कारण जिल्ला स्थित विभिन्न ठुला ठुला बिकास निर्माण योजना कार्यहरू रोकिएका थिएन तर प्रमुख जिल्ला अधिकारी पाठको बिशेष सक्रियता ठेक्का लिएका जिल्ला भित्र कन्ट्र्क्सनका ठेकदारहरुलाई आवश्यक परामर्श गरि हामिले आवश्यक परेको सहयोग गर्न तयार छ्म तर ठेका लिएको समय अवधि भित्र नै काम सकाउनु पर्ने निर्देशन दिएका छ्न।

सुस्ताको झुलुङे पुल ,हुलाकी ,बाटो , रामग्राम परासिको बाटो रोकिएका काम सिडियो पाठकको सक्रियता धमाधम निर्माणकार्य सुचारू भएका छ्न । सिडियो पाठकले समयमा काम सकाउन नसकने वा ढिला सुस्ती गरे कन्ट्रक्सनहरुलाइ प्रचलित कनुन बमोजिम कार्वाही गर्ने चेतावनी समेत दिए।

सिडियो पाठकले बिकास निर्माण काममा निगरानी बढाउदा जिल्लामा रोकिएका काम हरु धमाधम काम सुचारु भएको छ। त्यसै गरि रामग्राम परासी सहरीबिकास योजना द्धारा सडक निलो गेट देखि परासी बाइपास सम्म बनिरहेको बाटो सिडियो पाठ्कले आफै स्वयंम खटि अनुगमन समेत गरेका छ्न।

सिडियो पाठकले भन्छ्न कि , मलाई गर्व छ, मैले जनताको माया पाएको छु। व्याप्त भ्रष्टाचार, ढिलासुस्ती र अव्यवस्था हटाउन कर्मचारीले आफैंबाट त्यो काम थाल्नुपर्ने पाठकको ठहर छ। उनी भन्छन् – “प्रधानमन्त्रीले यस्तो गरे, गर्नुपर्ने गरेनन्, मन्त्री र सचिवले यो र त्यो बिगारे भनेर बस्नुभन्दा आफ्नो जिम्मेवारी चाहिँ पक्का गर्‍यो भने सुशासनको जग त्यहीँबाट सुरु हुन्छ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस