२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा लागुुऔषध सहित २ जना पक्राउ

२०७७ चैत्र ३, मंगलबार प्रकाशित ( साल अघि) १०१२ पाठक संख्या

कवासोती । नवलपुरमा २ जना युवा लागुुऔषध सहित पक्राउ परेका छ्न । कावासोती नगरपालिका वडा नं. १६ चालिसकिलो जंगलबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ग १ ख ९६१६ नं को बस चेक जांच गर्ने क्रममा उनिहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चितवन भरतपुर २७ का विनोद चौधरी र भरतपुर १७ का बिजय लामा रहेका छन् ।

उनिहरुको साथबाट नुफिन ९७, डाईजापाम ९७ ,फेनारागन ९७ , बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नवलपुरले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस