२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाइकलको ठक्करबाट ४ बर्षीय बालिका गम्भीर घाइते

२०७७ चैत्र ३, मंगलबार प्रकाशित ( साल अघि) ९२० पाठक संख्या

कावासोती । नवलपुरमा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् ।

सोमबार साँझ देवचुली नगरपालिका १६ रजहर बजारमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र. ३–०२–००९ प ९४१७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँका शान्ति सुनारकी ४ बर्षीया बालिका रिया सुनार गम्भीर घाइते भएकी हुन्।

उनलाई बाटो क्रस गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको रजहर प्रहरीले जनाएको छ ।

बालिकाको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस