२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

अस्पतालमा राजनीति : सामुदायिक प्राकृतिक चिकित्सालयमा आज चुनाव हुँदै

२०७७ चैत्र ३, मंगलबार प्रकाशित ( साल अघि) १३१८ पाठक संख्या

सुस्मा न्यौपाने

गैँडाकोट । पुर्वी नवलपरासीको रजहरमा रहेको प्रतिष्ठित अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयमा दलीय राजनिति सुरु भएको छ ।

सन्चालक समितिको दुई पदमा एक अर्कोले दावी नछाडेपछि ती पदका लागि आज चुनाव हुन लागेको हाे । सन्चालक समितिको वरिष्ठ उपाध्यक्ष र सचिव पदमा आज मतदान हुन लागेको हो।

वरिष्ठ उपाध्यक्ष  र सचिव पदमा दलहरुले आफ्नो उम्मेदवार बनाएर खडा बनाए पछि सहमतीको सम्भावना सकिएको निर्वाचन समितिले जनाएको छ।

वरिष्ठ उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट ऋृषि तिवारी र सचिवमा टोपराज कोईरालाले उम्मेदवारी दिएका छन ।

त्यसैगरी काग्रेस , माओवादी केन्द्र र राप्रपाको तर्फबाट बरिष्ठ उपाध्यक्ष र सचिव पदमा पेउ नारायण न्यौपाने र प्रदिपराज घिमिरेले उम्मेदवारी दिएका छ्न ।

विहान ९ वजेबाट अपरान्ह ४ वजेसम्म मतदानको समय तय गरिएको निर्वाचन समितिका संयोजक गोविन्द शर्माले जानकारी दिए । शर्माका अनुसार आगामी चार वर्षे कार्यकालाका लागि एकहजार ३१ जना मतदाताले नयाँ नेतृत्वका लागि मतदान गर्नेछ्न ।

अस्पताल जस्तो पवित्र ठाउँमा सहमतीका आधारमा नेतृत्वको छनौट नगरेर चुनावमा लागेको भन्दै स्थानीय र सर्वसाधरणले भने दलीय नेतृत्व प्रति विरोध जनाएका छ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस