२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

१३ वर्षीया बलात्कृत : चार जना पक्राउ

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) ९४२ पाठक संख्या

नुवाकोट : गाउँकी १३ वर्षिया एक बालिकालाई बलात्कार गरेको अभियोगमा नुवाकोटमा चारजना युवक पक्राउ परेका छन्। बिदुर नगरपालिकामा १३ वर्षिया बालिका बलात्कृत भएकी हुन्।

पक्राउ परेका युवकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। उनलाई गाउँकै ४ जना किशोरहरुले बलात्कार गरेको पीडित परिवारजनले बताएका छन्। पक्राउ पर्नेमा चारै जना १३ देखि १५ वर्षसम्मका तामाङ समुदायका युवाहरु रहेका छन्।

उनकै घरमा पुगेर शनिबार राति १२ बजे युवाहरुले बलात्कार गरेको उजुरीमा उल्लेख छ। घटनाको जानकारी लगत्तै बालिकालाई नुवाकोट जिल्ला अस्पताल त्रिशूली लगिएको थियो।
उपचारपछि उनी सेफ हाउसमा रहेको नुवाकोट प्रहरीले जनाएको छ।

अशिक्षा र कुलतका कारण हिंशाका घटनाहरु बढिरहेका कारण नियन्त्रणका लागि प्रहरी परिचालित गरिएको नुवाकोट प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस