२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा महिलाहरूलाई झाेला बनाउने तालिम

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) १८४४ पाठक संख्या

देवचुली, २ चैत्र । “सीप सिकाैँ आत्म निर्भर बनाैँ ” भन्ने उद्वेश्यका साथ देवचुली वडा नं २ मा २० दिने जुटकाे झाेला बनाउने तालिम सुरू भएकाे छ । साेमबार देवचुली नगरपालिका वडा नं २ काे आथिर्क सहयाेग र भूमिका टेक्निकल प्रा.लिकाे प्राविधक सहयाेगमा महिलाहरूलाई झाेला बनाउने तालिम संचालन गरिएकाे हाे । कार्यक्रममा भूमिका टेक्निकल प्रा .लिका प्रबन्धक विवेक अधिकारीकाे अध्यक्षता रहेकाे थियाे भने देवचुली नगरपालिका वडा नं २ का वडाध्यक्ष माधव केसीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथी रहनुभएकाे केसीले महिलाहरूलाई आत्मनिर्भर बनाई उद्यमी बनाउनुपर्ने बताउनुभएको थियाे । आगामी दिनमा महिलाहरूकाे लागि यस किसिमका तालिमलाई निरन्तर जाेड दिने बताउनुभएकाे थियाे ।

तालिममा वडाका १५ जना महिलाहरूकाे सहभागिता रहेकाे थियाे । तालिमकाे प्रशिक्षण दिया महताेले दिनुभएकाे छ । तालिममा भूमिका टेक्निकल प्रा .लिका प्रबन्धक विवेक अधिकारीले महिलाहरूलाई नियमित सहभागी भई सीप सिक्न आग्रह गर्नुभएको छ । कार्यक्रममा भूमिका टेक्निकल प्रा.लिका काेअडिनेटर कमल पाण्डे , वडा सदस्य, सामाजिक ब्याक्तित्वहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमको सहजीकरण भूमिका टेक्निकल प्रा. लिका संचालक दिपा अधिकारीले गर्नुभएकाे थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस