२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

देवचुलीका जनप्रतिनिधि ओलम्पिक कमिटिको कराते प्रशिक्षकको रुपमा चयन

२०७७ चैत्र २, सोमबार प्रकाशित ( साल अघि) १४७९ पाठक संख्या

नवलपुर, २ चैत्र । ओलोम्पिक कमिटिमा कराते प्रशिक्षकको रुपमा जनप्रतिनिधिलाई चयन गरिएको छ ।

पूर्वी नवलपरासी नवलपुर देवचुली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष भुपराज पाठक चयन हुनु भएको हो।

राजनीति र समाजिक क्षेत्रको साथै खेल जीवनलाई संसँगै लिएर हिडनु भएका पाठकले वि.स. २०६३ मा कराते प्रशिक्षकको रुपमा व्ल्याक बेल्ट प्राप्त गर्नु भएको थियो ।

खेलको सुरुवाती समयमा पाठकले आफैले शिक्षा प्राप्त गरेको भिमसेन आदर्श माध्यमिक विद्यालय रामबासमा प्रशिक्षण दिनु भयो ।   

त्यसपछि निरन्तर कराते प्रशिक्षणको रुपमा आफुलाई स्थापित गर्न पाठक सफल हुनु भएको थियो ।

नेपाल ओलोम्पिक कमिटीमा कराते प्रशिक्षको रुपमा मान्यता पाएपछि नवलपुर सम्वादाता सँग कुरा गर्दै पाठकले ,आफु जनप्रतिनिधिको जिम्मेवारी पाएता पनि  खेलकुदलाई  जीवनको अभिन्न अंगको रुपमा मानेको बताउनु भयो ।

भुपराज पाठकले वर्तमानमा पनि ५७ जना बालबालिकाहरुलाई करातेको प्रशिक्षण दिदै हुनुन्छ ।

ओलोम्पिक कमिटीमा कराते प्रशिक्षकको रुपमा चयन हुनु भएको भूपराज पाठक सम्भवत नेपालको पहिलो जनप्रतिनिधि हुनुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस