२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मालपोत कार्यालय बम विष्फोटमा ९ जना घाइते

२०७७ चैत्र १, आईतबार प्रकाशित ( साल अघि) ९१४ पाठक संख्या

आलोक यादव, सिरहा ।

सिरहाको लहान नगरपालिका ८ स्थित मालपोत कार्यालय लहानमा आईतबार दिउसो बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालयका नायब सुब्बा शिव कुमार यादवसहित नौ जना घाइते भएका छन् । सेवाग्राहीहरु धनगढीमाइ १३ भोला बहादुर पाछे मगर र धनगढि ४ का दिनेश कुमार भण्डारीको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ ।

गोलबजार ४ कि फुल कुमारी ठाकुर, गोलबजार ६ कि बेचनी मगर,लक्ष्मी नारायण मगर, लहान नपा १६ तरेगना का लाल बहादुर बिक ,भगवानपुर ३ आव्हेनगर बद्री नारायण यादवलगायत ९ जनालाई उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ( डीएसपी ) तपन दहालले जानकारी दिए ।

सुरक्षाकर्मीहरु मालपोत कार्यालय भित्र विस्फोटका अवशेषहरु संकलन गरीरहेका छन् । विस्फोटमा संलग्न समूहबारे कुनै प्रमाण घटनास्थलबाट बरामद नभएको डीएसपी दहालले बताए । पर्चा पम्पलेट वा अन्य कुनै प्रमाण भेटिएको छैन । अन्य घाइतेहरुको परिचय खुलिसकेको छैन ।

भीडभाड भएको बेला कार्यालयको पहिलो तल्लाको मुद्दा फाँट नजिकै कुकर बम विस्फोटक भएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ(कुकर बम)कसले राखेको हो भन्ने बारे केहि खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा आगलागी भएको थियो । लहान नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रण गरेको छ । अहिले घटनास्थलमा सुरक्षाकर्मीको उपस्थित बाक्लो रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस