२०८१ आश्विन २०, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा दुई करोडको इँटा नष्ट, ४० लाख काँचो इँटामा क्षति

२०७७ चैत्र १, आईतबार प्रकाशित ( साल अघि) १५३९ पाठक संख्या

नवलपुर । बर्दघाट सुस्तापूर्व (नवलपुर)मा असिना पानीका कारण करिब दुई करोड बराबरको इँटा नष्ट भएको छ । गत बुधबार साँझ परेको असिनासहितको पानीले नवलपुरमा रहेको इँटा उद्योगमा एक करोड ८० लाख बराबरको क्षति पुगेको हो ।

हावाहुरी, पानी र असिना परेका कारण पोल्ने अवस्थामा तयारी रहेका काँचा इँटामा क्षति भएको नवलपुर इँटा संघका सचिव कृष्ण गौतमले जानकारी दिए । नवलपुरमा अहिले आठ इँटा उद्योग सञ्चालनमा छन् । सबै इँटा उद्योगमा गरेर पोल्नका लागि तयारी अवस्थामा रहेका ४० लाख काँचो इँटा नष्ट भएको उनले बताए । ‘हावाहुरीले चाङ पल्टाउने र पानी आउने एकैसाथ हुँदा क्षति बढी भयो’, केसी इँटा उद्योग कावासोतीका सञ्चालक अशोक केसीले भने, ‘पानीले गलाउथ्यो, अझ असिनाले त काँचो इँटामा प्वाल पारेर धेरै क्षति भयो ।’

जिल्लाका इँटा उद्योग रहेको स्थानको भू–बनावटका कारण बढी क्षति हुने गरेको नवलपुर इँटा संघका सचिव गौतमले बताए । सबै इँटा उद्योगमा पानी जम्ने समस्याका कारण एक्कासी आउने पानीले बढी क्षति हुने गरेको उनले बताए ।

पोल्ने अवस्थामा तयरी रहेका काँचो इँटा नष्ट हुँदा बर्सेनि इँटा व्यवसायीले ठूलो क्षति भोग्नुपरेको उनले बताए । अन्य व्यवसायको बिमा भए पनि इँटाको बीमा नहुँदा क्षतिमा राहत पाउने अवस्था नभएको नवलपुर उद्योग संघका अध्यक्षसमेत रहेका गौतमले बताए । बिमा नीति बनाएर भए पनि व्यवसायीले भोग्नुपरेको क्षति न्यूनीकरणका लागि सरकारले पहल गर्नुपर्ने उनले बताए ।

पोल्नेको लागि तयार भएका इँटा पानीले नष्ट हँदा बजारमा इँटाको अभावसमेत हुने उनले बताए । यो समयमा इँटाको माग उच्च रहेका अवस्थामा पोल्नका लागि तयारी इँटा नष्ट हुँदा फेरि तयार गर्न समय लाग्ने उनले जानकारी दिए ।

नवलपुरमा नारायणी इँटा उद्योग, माता मनकामना इँटा उद्योग, केसी इँटा उद्योग, नेपाल इँटा उद्योग, कावासोती इँटा उद्योग, देवचुली इँटा उद्योग, मनोकामना इँटा उद्योग र कावा इँटा उद्योग सञ्चालनमा रहेका छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस