२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

देवचुलीका अधिकांश स्वास्थ्य पोलिक्लीनिक बिना नविकरण सञ्चालनमा

२०७७ फागुन २८, शुक्रबार प्रकाशित ( साल अघि) १४६३ पाठक संख्या

बिबेक भण्डारी 

देवचुली ,२८ फाल्गुन । पटक पटक स्वास्थ्य निर्देशिका ऐन परिवर्तन हुदा औषधि व्यवशायिलाई नविकरणमा समस्या भएको बुझिएको छ । स्वास्थ्य निर्देशिका ऐन छिनछिनमै परिवर्तन हुदा नवलपुरमा रहेका अधिकांश स्वास्थ्य पोलिक्लीनिकहरु नविकरण हुन सकेका छैन।

नेपाल औधषी व्यवशायि संघ नवलपुरका अध्यक्ष कमलनारायण श्रेष्ठका अनुसार अहिले औषधि व्यवशाय अन्तरगत पोलिक्लीनिकहरु नविकरण हुन नसकेको बताए ।

उनका अनुसार पहिले जिल्ला स्वास्थ्य कार्यलयले नविकरणको जिम्मा लिएको, पछि नगरपालिकालाई जिम्मा दिएको भए पनि नगरपालिकामा हाल सम्म नविकरण नभएको उनको भनाइ छ । छिमेकी नगरपालिका गैडाकोट र कावासोतीमा नविकरण भए पनि देवचुली नगरपालिकामा रहेका अधिाकशं पोलिक्लीनिक नविकरण नभएको बताए ।

नविकरण नहुदा कानुनि नियम अनुसार अबैध रुपमा संञ्चालन भएको देखिने हुदा अहिलेको लागि नविकरण आवस्यक रहेको बताए । उनका अनुसार देवचुली नगरपालिकामा रहेका ५ वटा पोलिक्लीनिकमा ५ वटै नविकरणमा नरहेको बताए ।

जिल्ला भर औषधि व्यवशाय र पोलिक्लीनिक गरि ८० वटा रहेको भए पनि अधिकाशं नविकरण हुन सकेका छैन । नगरपालिकाले भने पोलिक्लीनिक नविकरण प्रदेशले गर्ने हुदा नगरपालिकाले यसको नविकरण नगरेको बताए ।

देवचुली नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामकुमार श्रेष्ठका अनुसार केहि समय अघि सम्म नगरपालिकाले नै गरेको भए पनि हाल भने स्वास्थ्य निर्देशिका ऐन परिवर्तनका कारण प्रदेशले नविकरण गर्ने बताए । अहिले नगरपालिकाले मेडिकलको हकमा १५ वेड सम्मका अस्पतालको नविकरण गर्ने जिम्मा रहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस