२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीको राष्ट्रिय वाणिज्य बैंकमा चेक साट्न जानेलाई हप्किदप्की

२०७७ फागुन २८, शुक्रबार प्रकाशित ( साल अघि) ३०८८ पाठक संख्या

मिना कंडेल

२८ फागुन, नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा चेक साट्न जानेलाई हप्किदप्की र तीन घण्टासम्म लाइन बस्दा पनि पालो नआउने भएपछि सेवाग्रही आजित भएका छन् ।

जिल्लाको सदरमुकाम कावासोती नगरपालिका वडा नं २ का पुष्पा पाण्डेले चेक साट्न तीन घण्टा लाईनमा बस्दा पनि पालो नआए पछि र बस्ने ठाउँ नहुँदा सरकारी बैक प्रतिको भरोसा नभएको बताइन ।

उनले भनिन् “ लाईनमा बसेको तीन घण्टा भयो तै पनि पालो आएको छैन न बस्ने ठाउँ छ न अशक्त र वृद्धाहरुलाई भनेर छिटो काम हुन्छ । उमेरले ७० नाघि सकेका म जस्ता धेरै टाढाबाट एकछिनमै हुन्छ भन्दै चेक साट्न आउनु हुन्छ यहाँ भने उभिने ठाउँसम्म पनि छैन् । एउटा सामान्य चेक साटन् घण्टौं लाईनमा बसेर दुख दिने काम गर्ने वाणिज्य बैकका प्रमुखदेखि कर्मचारीको चरम लापरबाही नै मुख्य कारक हो । ”

जनताले विश्वास गरेको राष्ट्रिय वाणिज्य बैकमा बैक कारोबार गर्न जाँदा घण्टौ लाईन बस्नुपर्नै बाध्यता एकातिर रहेको छ भने कार्यलयमा सेवाग्राही बस्ने ब्यवस्था नहुनु र अस्तव्यस्त रहनुले सर्वसाधारण समस्यामा पर्नै गरेका छन् ।

कावासोतीमा रहेको राष्ट्रिय वाणिज्य बैक कहिले सरल ढंगले ग्राहकको चाहाना र ईच्छा बिपरीत घण्टौ लाईनमा राखेर नदिनु दुःख दिईरहेको त्यहाँ पुगेका जो कोही पनि सर्बसाधारणले गुनासो गर्ने गरेका देवचुलीका सरोज आचार्यले बताए ।

कार्यालयका प्रमुख सबिन अधिकारीलाई गुनासो गरे उल्टै गा्रहकलाई हपकाउने, दप्काउने र मानसकि चोट पुरयाउने, उल्टो धम्की दिने गरेको पनि वाणिज्य बैक पुगेका अधिकांश ग्राहकहरुको भनाई रहेको छ । बैकहरुले तत्काल चेक दिएको दश मिनेटमै कारोबार गर्ने गरे पनि कावासोतीमा रहेको राष्टिय बाणिज्य बैक भने तीन घण्टा लाईनमा बस्दा पनि ग्राहकले सेबा पाउन नसकेको गुनासो गरेका दलदलेका सरोज थापाको भनाई छ ।

rbb nawalparasi e1615551702675

यता राष्टिय बाणिज्य बैकका प्रबन्धक सबिन अधिकारीले भने पेन्सन बितरणको कारण ढिलाई भएको बताए । प्रबन्धक अधिकारी सो बैकमा कार्यालय प्रमुख भए यता सो राष्ट्रिय बाणिज्य बैकले ग्राहकलाई समयमा सेबा दिन नसकेको गुनासो तीब्र रुपमा उठेको कावासोतीका शिक्षक विमला महतोले बताए । बाणिज्य बैकमा सेवा लिने जुनसुकै ग्राहक पनि घण्टौ लाईनमा बसेर सेबा लिनु बाहेक बिकल्प नरहेको महतोले बताए । बैकको भित्तामा भने नागरिक बडापत्र राखेर चेक साट्न बढिमा १५ मिनेट, लाग्ने लेखिए पनि दिन नै बैकमा बिताउनु पर्नै भएकाले यो समस्याबाट छुटकारा दिलाउन सम्वन्धित निकायले ध्यान पुयाउनु पर्ने सर्वसाधारणले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस