२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

जसपाको तीनबुँदे शर्तप्रति प्रधानमन्त्री ओली सकारात्मक

२०७७ फागुन २७, बिहिबार प्रकाशित ( साल अघि) ९५५ पाठक संख्या

काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टी (जसपा) को तीनबुँदे शर्तप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जसपाले राखेका शर्तमाथि प्रधानमन्त्री ओली सकारात्मक देखिएका हुन् ।

कैदीबन्दी साथीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका जसपाका नेता लक्ष्मणलाल कर्णले बताएका छन् ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । थापाका अनुसार शुक्रबारसमेत कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ ।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई, लक्ष्मणलाल कर्णलगायत सहभागी थिए । नेकपाको तर्फबाट प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेता सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा। राजन भट्टराई लगायत सहभागी थिए ।

सर्वोच्च अदालतको पछिल्लो फैसलापछि सरकार निरन्तरताको लागि प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक हुन्छ ।

संसदमा तत्कालीन एमालेका १२० सांसद मात्रै भएकाले जसपाको सहयोग लिइ सरकारलाई निरन्तरता दिने रणनीतिमा प्रधानमन्त्री ओली रहेका छन् ।

जसपाले ओली नेतृत्वसँग साझेदारीका लागि कैलालीका सांसद रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ, मधेस आन्दोलन, टिकापुर लगायतका घटनामा झुटा मुद्दा लगाइएका व्यक्तिको मुद्दा फिर्ता गर्नुपर्ने, पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गरिएको टीकापुर घटनाको न्यायिक छानविन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र मधेसको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने सर्त राख्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस