२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा लागूऔषध सहित १ युवा पक्राउ

२०७७ फागुन २७, बिहिबार प्रकाशित ( साल अघि) ९१५ पाठक संख्या

परासी २७, फागुन। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-२ सत्तपति चोकबाट नियन्त्रित लागूऔषध स्पास्मो १ हजार ८ सय ७२ क्याप्सुल, ओनोरेक्स ३१ सिसि र नाईट्राभेट १ सय २० क्याप्सुल सहित बर्दघाट नगरपालिका-४ बसपार्क बस्ने १९ वर्षीय अजय मुसहरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस