२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीबाट लागूऔषध सहित २ जना पक्राउ

२०७७ फागुन २७, बिहिबार प्रकाशित ( साल अघि) १३७२ पाठक संख्या

नवलपुर,२७ फागुन । कावासोती नगरपालिका-१६ चालिसकिलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११ एम्पुल, नुर्फिन ११ एम्पुल र फेनारगन ११ एम्पुल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालिका-१२ बस्ने २४ वर्षीय प्रकाश नेपाली र सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन्द्र विक रहेका छन् ।

उक्त स्थानमा ना.७ ख १५२० नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस