२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा खुल्यो वाल फेशन, उपप्रमुख मर्दनियाले गरे उद्घाटन

२०७७ फागुन २७, बिहिबार प्रकाशित ( साल अघि) ९०९ पाठक संख्या

नवलपुर ,फागुन २७ ।  वाल फेशन चितवनको चौथो शाखा नवलपुरको कावासोतीमा खुलेको छ । शाखाको आज (विहिबार) एक कार्यक्रमका विच कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै मर्दनियाले पसलको सफलताको शुभकामना व्यक्त गर्दै युवाहरु विदेश जानुभन्दा स्वदेशमा नै व्यावसाय गर्नु राम्रो पक्षको भएको बताउनुभयो । वाल फेशनले गुणस्तरीय सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । वाल फेशनको मुख्य कार्यालय भरतपुरको चौबिसकोठी स्थित एयरपोट प्लाजामा रहेको छ ।                                                                                                          वाल फेशनको पहिलो शाखा चितवनको चनौली,दोस्रो शाखा बुटवल र तेस्रो शाखा कपिलबस्तुको तौलिहवामा स्थापना भइसकेको छ ।वाल फेशनले भित्तामा रङ्गको सट्टामा प्रयोग गरिने थ्रीडी वाल पेपरको विक्रि वितरण गर्दे आएको वाल फेशनका प्रमुख अनिश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार वाल फेशनले भित्ता सजाउन प्रयोग गरिने वाल पेपर, वाल फर्म, वाल ग्राँस, वाल मुरल र वाल क्यानभक्सको विक्रि गर्दछ । यी सबैको रङ्गमा दश वर्षको वारेन्टी हुने गुरुङको भनाइ छ । पानी रसाउने भित्तामा समेत यसलाई प्रयोग गर्न सकिन्छ । दक्ष प्राविधिकमार्फत घरमै गएर सेवा प्रदान गरिने उहाँले जनाउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस