२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

रजहर प्राकृतिक चिकित्सालय: अध्यक्ष सहित २२ पदमा सर्वसम्मत

२०७७ फागुन २६, बुधबार प्रकाशित ( साल अघि) ९८७ पाठक संख्या

सन्जय भट्टराई/कावासोती । पुर्वी नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय रजहरको चौथो अधिवेशनबाट सन्तबहादुर क्षेत्री सर्वसम्मत अध्यक्षमा चयन भएका छ्न । समितिको वरिष्ठ उपाध्यक्ष र सचिव बाहेकका सबै पदमा सर्वसम्मत रुपमा पदाधिकारी र सदस्य चयन भएका निर्वाचन संयोजक गोविन्द प्रसाद शर्मा गैरेले जानकारी दिएका छ्न ।

निर्विरोध निर्वाचित हुनेहरुमा महिला उपाध्यक्ष लक्ष्मी बस्ताकोटी, कोषाध्यक्ष नेत्र बहादुर पाण्डे निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसै गरि कार्य समितिको १६ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छ्न ।

निर्विरोध निर्वाचित हुने हरुमा लेखा संयोजक जितलाल चौधरी , लेखा समिति सदस्य पिमलाल भट्टराई र लेखा समिति महिला सदस्य धनमाया खडका रहेका निर्वाचन समितिले जनाएको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष र सचीव पदमा सहमति हुन नसके पछि यहि चैत्र ३ गते निर्वाचन हुन लागेको गैरेले बताए । वरिष्ठ उपाध्यक्षमा पेउ नारायण न्यौपाने र कृष्ण प्र. तिवारीको उम्मेदवारी परेको छ भने सचिवका पदका लागी प्रदिप राज घिमिरे र टोप राज कोईरालाको उम्मेदवारी परेको गैरेले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस