२०८१ मंसिर १८, मंगलबार
नयाँ
पछिला अपडेट

चितवन निकुञ्जमा गैंडा र बाघ मृत फेला

२०७७ फागुन २५, मंगलबार प्रकाशित ( साल अघि) १२१५ पाठक संख्या

नवलपुर  — चितवन राष्ट्रिय निकुञ्जमा गैंडा र बाघ मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको छुट्टाछुट्टै स्थानमा भाले गैंडा र लिंग पहिचान हुन नसकेको बाघ मृत अवस्थामा फेला परेको सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए ।

निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत अमलटारी नजिक नारायणी नदीको कलकत्ता टापुमा अन्दाजी ३० वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ । उक्त गैंडा जुधेर मृत्यु भएको अधिकारीले बताए ।

योसँगै एक वर्षको अवधिमा निकुञ्जमा २६ वटा गैंडाको मृत्यु भएको छ । तीमध्ये २२ वटा प्राकृतिक र ४ वटा चोरी सिकारीको कारण मृत्यु भएको अधिकारीले जानकारी दिए ।

त्यस्तै, निकुञ्जको सौराहा सेक्टरमा पर्ने चपरचुली खहरे खोला क्षेत्रमा अन्दाजी ४ वर्षको लिंग पहिचान हुन नसकेको पाटे बाघ मृत अवस्थामा फेला परेको छ । बाघको प्राकृतिक कारण मृत्यु भएको हुन सक्ने अधिकारीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस