२०७७ फागुन २५, मंगलबार प्रकाशित (५ साल अघि)
१५९२ पाठक संख्या
काठमाडौँ, २५ फागुन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले जेठमा परिक्षा गर्ने निर्णय गरेको हो । एसईई जेठ १३ देखि २४ गतेसम्म र कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ । गत वर्ष एसईई कोरोना भाइरस महामारीका कारण स्कुलले नै लिएको थियो। आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो। गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।