२०७९ भाद्र ३, शुक्रबार
नयाँ
पछिला अपडेट

पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

२०७७ फागुन २२, शनिबार प्रकाशित ( साल अघि) ४४० पाठक संख्या

पाकिस्तान । पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् ।

सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् ।

उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो ।

उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस