२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरबाट लागु औषध सहित ३ युवा पक्राउ

२०७७ फागुन २०, बिहिबार प्रकाशित ( साल अघि) १२९६ पाठक संख्या

नवलपुर , २० फागुन । नवलपुरबाट लागु औषध सहित ३ जना पक्राउ गरेको छ । सडक चेकजाँच गर्ने क्रममा आज बिहान पुर्व–पश्चिम मुख्यमार्ग अन्तर्गत मध्यबिन्दु- ८ स्थित गुडारखोला पुल नजिकबाट उनीहरुलाई नवलपुर प्रहरीले  पक्राउ गरेकाे हाे ।

पक्राउ पर्ने तीनै जना चितवनका भएको प्रहरी कार्यालयले जानकारी दिएको छ । भरतपुर महानगरपालिका वडा नं १३ बस्ने २५ बर्षका को नितेश ठकुरी सोही ठेगानाका बर्ष २१ का साजन श्रीमल र भरतपुर नगरपालिका वडा नं. ९ का २१ बर्षकै राजेन्द्र खड्कालाई लागु औषध सहित पक्राउ गरिएको सप्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको लु १ ख ८७६३ नं को बसमा सवार उनीहरुको साथवाट प्रहरीले १ सय १० एम्पुल डाईजापाम, १ सय १० एम्पुल फेनरागन र ११० एम्पुल नुर्फिन गरी जम्मा ३ सय ३० एम्पुल लागुऔषध फसहित नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान भई रहेको जनाईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस