२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको विनयी त्रिवेणीमा आफ्नै बाबुद्धारा छोरीको बलात्कृत

२०७७ फागुन २०, बिहिबार प्रकाशित ( साल अघि) १२४४ पाठक संख्या

तिर्थराज डुम्रे

नवलपुर , २० फागुन । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीमा बुबाबाट छोरी पटक पटक बलात्कृत भएको खुलेको छ । ३८ वर्षीय बुबाले पटकपटक आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको खुलासा भएको हो।

पछिल्लो पटक मंसिर ८ गते छोरीलाई बलात्कार गरेर भारत फरार भएका आरोपित बुबा बुधबार घर फर्केपछि घटना खुलेको हो । बुधबार घर फर्केपछि घरमा झगडा हुदाँ स्थानीयले घटना बारे थाहा पाएका थिए । घटनाबारे जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीयबाट जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय दुम्कीबासबाट प्रहरी निरीक्षक बिकास बमको नेतृत्वमा घटना स्थल पुगेको टोलिले आरोपित बुबालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आज नै स्वास्थ्य परिक्षणको लागि चितवन जिल्ला अस्पताल भरतपुर पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो।

प्रारम्भीक अनुसन्धानमा बुबाले पीडित बालिका माथि पटक पटक बलात्कार गरेको खुलेको डिएपी गिरीले जानकारी दिनुभयो । पछिल्लो पटक मंसिर ८ गते बालिका माथि बलात्कार भएको अनुसन्धानमा खुलेको भन्दै थप विवरण लिखित जाहेरी पछि खुल्ने उहाँले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस