२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटका दुई युवा लागुऔषध सहित पक्राउ

२०७७ फागुन २०, बिहिबार प्रकाशित ( साल अघि) ९९२ पाठक संख्या

कावासोती । लागुऔषध सहित गैँडाकोटका २ युवालाई प्रहरीले पूर्वि नवलपरासीको कावासोतीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीको प्रहरी टोलीले गैँडाकोट वर्ष ३० का तारा बुढा मगर र २८ वर्षका प्रेम कुमार रानाालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले गैँडाकोट नगरपालिका वडा नं. ५ का उनिहरु बुुुधबार  साँझ कावासोती नगरपालिका वडा नं. १६ स्थित चालिसकिलो जंगलबाट पक्राउ परेको जानकारी दिए ।

ना ७ ख ६८१ नं को बसमा यात्रा गरी आएका उनिहरुको साथबाट ६०/६० एम्पुल डाईजापाम , फेनरागन र नुर्फिन नामक लागुऔषध फेला परेको उनले बताए । -0पक्राउ परेका दुवैलाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस