२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको सिजी शास्वतधाम ‘टिकटक हब’ बन्दै

२०७७ फागुन १८, मंगलबार प्रकाशित ( साल अघि) १७९८ पाठक संख्या

नवलपुर १८ फागुन । पूर्व- पश्चिम राजमार्गको मध्यभागमा पर्ने सिजी शास्वतधाम पछिल्लो समय “टिकटक हब” का रुपमा विकसित भैरहेको छ। खजुराव शैलीमा मसिनो बुट्टामा निर्माण गरिएको शास्वतधाम यतिबेला युवापुस्ताको आकर्षणको केन्द्रविन्दु बनेको छ । धाममा आउने युवापुस्ताका आन्तरिक पर्यटक विभिन्न पोजमा फोटोसेसन र टिकटक गीतमा कम्मर मर्काईरहेको देख्न सकिन्छ । पृष्ठभूमीमा शाश्वतधामको सुन्दर दृश्य राखी टिकटक बनाउन पाउँदा टिकटकरहरु पनि खुसी देखिन्छन् ।

प्राय बिहान र झमक्क साँझ परेपछी जब धाममा बत्ती बल्न थाल्छ तब त्यहाँ आउने पर्यटकको पनि चहलपहल बाक्लिन थाल्दछ । फराकिलो ठाउँमा रहेको शास्वतधाममा हिन्दू, बौद्ध धर्मावलम्बीहरुले मान्ने देवीदेवताको मुर्ति, पराम्परागत भेषभूषा र संग्रहालयका साथै अन्य आकर्षक आकृतिहरु रहेकाले पनि आन्तिरक तथा बाह्य पर्यटकको मन लोभिएको छ ।

नवलपुर जिल्लाको देवचुलीमा पर्ने शास्वतधाम धेरैको लागि बिदा मनाउने गन्तव्यको स्थल समेत बनिसकेको छ । हेर्दे मनमोहक देखिने धाममा पछिल्लो समय म्युजिक भिडियो, फिल्मको सुटिङ्ग मात्रै नभई टिकटक समेत बनाउन मानिसहरुको घुँइचो लाग्ने गर्दछ । नेपाल सरकारबाट उत्कृष्ट पर्यटकीय गन्तब्यबाट समेत सम्मानित शास्वतधाम छोटै समयमा पर्यटकीय गन्तव्यका चिनिन्न सफल भएको हो । सामाजिक सञ्जालमा तस्बिर राख्न कै लागि र टिकटक भिडियोकै लागि भएपनि धेरै पर्यटकहरु शास्वतधाम घुम्न आउने गरेको पाइएको छ । सर्वसाधारण मात्रै नभई नाम चलेका सेलिब्रेटी समेत शाश्वतधाम आएका बेला टिकटक बनाउन चुक्दैनन।

कोभिड–१९ का कारण सुनसान बनेको शास्वतधाम संचालनमा आएपछि पर्यटकको पुन आगमन भएको छ । अहिले शास्वतधाममा दैनिक १५ सय भन्दा बढि पर्यटक भित्रिने गरेको शास्वतधामका ए.जि.एम अशोक धर्ती क्षेत्रीले जानकारी दिनुभयो । लामो समय कोभिडले थला पारेको पर्यटकीय क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको क्षेत्रीको भनाई छ । धाममा मन बहलाउन मात्रै नभई फोटो खिच्न र टिकटक बनाउन कै लागी पनि आन्तरिक पर्यटकको लर्को लाग्दा अचम्म लाग्ने उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालका कारणले पनि धेरै ठाउँबाट पर्यटकहरु शास्वतधाम आउने गरेको उहाँको भनाई छ । पछिल्लो समय मानिसहरु तनाबको जिन्दगीबाट केही समयका लागि भए पनि रिफ्रेस हुन र सामाजिक सन्जालमा फोटो भिडियो पोस्ट गरेरै भए पनि खुसी हुन चाहन्छन् । खुसी हुन चाहने जो कोहिका लागि पनि एक सहज र उत्कृष्ट गन्तव्य बनेको छ शाश्वतधाम।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस