२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

३ जना मृत अवस्थामा फेला

२०७७ फागुन १५, शनिबार प्रकाशित ( साल अघि) ११८६ पाठक संख्या

नवलपरासी (पूर्व) । विनयी त्रिवेणी गाउँपालिका-७ स्थित नहरमा हाल, नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वर्दिया ।बाँसगढी नगरपालिका-३ महादेवस्थानस्थित सडक नालीमा सोही ठाउँ बस्ने जुम्ला कनका सुन्दरी गाउँपालिका-२ घर भएका २५ वर्षीय आकाश रावत बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ । निलकण्ठ नगरपालिका-४ बस्ने ६० वर्षीय कृष्ण बहादुर अछामी सोही ठाउँस्थित पौवा जाने बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस