२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीले शुभारम्भ गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

२०७७ फागुन १३, बिहिबार प्रकाशित ( साल अघि) १६०४ पाठक संख्या

मिनाक्षी कंडेल / कावासोती । नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रम नवलपुरमा पनि लागु भएको छ । विमा संकलन सदस्यहरु अहिले आफ्नो वडामा विमा गराउन लागि परेका छन ।

कावासोती वडाका विभिन्न वडाहरुमा विमा गराउने काम सुरु भएको छ । वडा नं ३ ले स्वास्थ्य विहिवार देखि बीमा कार्यक्रम शुभारम्भ गरेको छ । बिहीबार कावासोती ३का लक्ष्मीप्रसाद पंगेनीको परिवारलाई बीमा कार्ड उपलब्ध गराई उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । स्वास्थ्य सेवा उपयोगका क्रममा ब्यक्तिगत खर्चलाई ब्यवस्थित गर्दै स्रोतको दक्ष तथा जिम्मेवार ब्यवस्थापनका लागि नेपाल सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम वडा नं ३ ले पनि शुभारम्भ गरेको हो ।

नवलपुर जिल्लामा फागुन ११ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले उद्धघाटन गर्नुभएको थियो । नवलपुरका स्थानिय तहहरुका बिभिन्न वडाका बीमा दर्ता सहयोगीलाई आधारभूत तालिम प्रदान गरिएको थियो।

कावासोती नगरपालिकाका अन्य वडा सहित ३ ले पनि बीमा कार्यक्रम अगाडी बढाएको छ । आम नागरिकहरुलाई सहजरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उदेश्यसहित सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम वडा नं३ मा प्रभावकारी रुपमा अगाडी बढाउने वडाअध्यक्ष अमृत श्रेष्ठ्रले बताउनुभयो ।

वडामा बसोबास गर्ने आम नागरिकहरुलाई स्वास्थय बीमा गरी सहज स्वास्थय पहुँचमा पुर्याउनका लागि,बिभिन्न संघसंसथा , टोल छरछिमेक,सामाजिक संघसंस्थाहरु सँगको सहकार्य गरी यस अभियानलाई प्रभावकारी रुपमा बिस्तार गरिने बताउनुभयो । त्यस्तै उहाँले स्वास्थ्य बीमाका निम्ति आवश्यक दर्ता सहयोगीको सम्पर्कमा रहे्र बीमाको बारेमा आवश्यक परार्मश लिई स्वास्थ्य उपचारमा लाग्ने अनियोजित रकम खर्च हुनबाट बच्नँसमेत वडाअध्यक्ष श्रेष्ठ्रले आग्रह गर्नुभयो । वडा नं ३ मा दर्ता सहयोगीका रुपमा सृजना कंडेल रहुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस