२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

माननीय देवेन्द्रराज कण्डेलको गृह जिल्लामा गरियो दिपावली

२०७७ फागुन १२, बुधबार प्रकाशित ( साल अघि) ११९६ पाठक संख्या

नवलपरासी । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि माननीय देवेन्द्रराज कण्डेलको गृह जिल्लामा दिपावली गरिएको छ ।

सर्वोच्च अदालतले सरकारको संसद बिघटनको निर्णय बदर गरेसंगै संसद पुनः स्थापनको पक्षमा फैसला सुनाएको भन्दै खुसियालीमा नेपाली कांग्रेस पश्चिम नवलपरासीले दीप प्रज्ज्वलन गरेका हुन् ।


सर्वोच्च अदालतले संसद पुनर्स्थापन फैसला गरेको खुसीयालीमा नेपाली काङ्ग्रेसले नवलपरासीको बुद्धचोक , काङ्ग्रेस पार्टी कार्यालय परिसरमा तथा माननीय देवेन्द्रराज कण्डेल निवास महेशपुरमा दीप प्रज्ज्वलन एवम् २७५ प्रतिनिधि सभासदस्यलाई सम्झि २७५ वटा पटाका पट्काइएको माननीय कण्डेलको स्वकीय सचिव कमलकिशोर रायमाझीले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हो।

सर्वोच्च अदालतले जनता र संविधान हितमा फैसला सुनाएको माननीय देवेन्द्रराज कण्डेलले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले गरेको असंवैधानिक कदमलाई रोकेर जनताको पक्षमा फैसला भएको र संविधानको रक्षा भएको भन्दै अदालतको फैसलाको स्वागत गरेका गरेका हुन ।

दीप प्रज्वलन कार्यक्रममा धेरै संख्यामा नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस