२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या गरेको दिनेशले बुबाकै अगाडी स्वीकारे ।

२०७७ फागुन ७, शुक्रबार प्रकाशित ( साल अघि) ७८७ पाठक संख्या

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आशंकामा प्रकाउ परेका दिनेश भट्टले आफूले बलात्कारपछि ती किशोरीको हत्या गरेको बयान दिएका छन्।

भागरथी अध्ययनरत विद्यालयमै अध्ययनरत दिनेशले हत्या गर्नुअघि बलात्कार गरेको समेत स्वीकार गरेका हुन।

यसअघि उनले बलात्कार भने नगरेको बताएका थिए।

बिहीबार सरकारी वकिलको उपस्थितिमा प्रहरीले लिएको बयानमा भट्टले आफूले बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन्।

नबालकको हकमा अभिभावकको रोहवरमा बयान लिनु पर्ने प्रावधान अनुसार उनका बुवालाइसँगै राखेर बयान लिइएको थियो।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार आफ्नो बुबाका सामु बयान दिनेक्रममा दिनेशले आफूबाट ठूलो गल्ती भएको बताएका थिए।

भागरथीको शवको पोस्टमार्टम र प्रारम्भिक परीक्षणका क्रममा चिकित्सकले दिएको रिपोर्टका आधारमा प्रहरीले उनको बलात्कार भएको जनाएको थियो।

जिल्लाको दोगडाकेदार गाउँपालिका– ७ की भागरथीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका १८ वर्षीय दिनेशलाई हिजो पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस