२०७९ चैत्र १२, आईतबार
नयाँ
पछिला अपडेट

भागरथीको बलात्कारपछि हत्या गर्नेले जेल बस्नु पर्दैन ?

२०७७ फागुन ६, बिहिबार प्रकाशित ( साल अघि) १०२९ पाठक संख्या

काठमाडौं । भागरथी भट्टको बलात्कार र हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्ट नाबालिग रहेको पाइएको छ । दिनेशले एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार १६ वर्ष पूरा हुन बाँकी रहेको देखिएको हो ।

एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१/११/१० उल्लेख छ ।

घटना भएको दिन माघ २१ गतेबाट हेर्दा दिनेश १६ वर्ष पुग्न २० दिन बाँकी रहेको देखिन्छ ।

के छ कानूनमा ?

चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।

बालबालिकासम्बन्धी ऐनको दफा ३६ उपदफा (३)मा भनिएको छ : 

चौध वर्ष वा सोभन्दा माथि र सोह्र वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ उपदफा (२)मा भनिएको छ–

कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालबालिकालाई जबरजस्ती करणी गरेको मानिने छ ।

भागरथीको उमेर १८ वर्षभन्दा कम रहेको कारण बलात्कार भन्ने प्रस्ट छ ।

सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने व्यवस्था कानूनमा छ ।यस्ता अपराध पुष्टि हुँदा आजन्म कैद र थप अधिकतम १२ वर्ष कैद हुने व्यवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस