२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देउवालाई पराजित गर्न सक्छु- शशांक कोइराला

२०७७ फागुन ५, बुधबार प्रकाशित ( साल अघि) ९७८ पाठक संख्या

काठमाडौँ ५ फागुन – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने बताएका छन् ।

लमहीको हसनापुरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउने बताए । उनले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताए । महाधिवेशनमा देउवालाई आफूबाहेक कसैले हराउन नसक्ने उनको दावी थियो ।

‘शेरबहादुरजीलाई डाइरेक्ट अट्याक गर्न म चाहन्नँ तर साँच्चै भन्ने हो भने शेरबहादुरजीले पार्टी चलाउन सक्नुभएन,’ उनले भने, ‘उहाँले विभागहरु गठन गर्नुभयो ४ वर्षपछि, जबकि महाधिवेशनको मिति घोषणा गरेपछि उहाँलाई विभाग गठनको कुनै अधिकार छैन ।’

यस्तै उनले आगामी वैशाखमा प्रतिनिधिसभा चुनाव हुनै नसक्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस