२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ६ केजी गाँजा सहित एक जना पक्राउ

२०७७ फागुन ५, बुधबार प्रकाशित ( साल अघि) १२१४ पाठक संख्या

सञ्जय भट्टराई

कावासोती ५ फागुन । पूर्वी नवलपरासी प्रहरीले ६ केजी गाँजा सहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्लाको देवचुली नगरपालिका वडा नं १० को धौलागिरि मार्गबाट राती एक बजेको समयमा किलो प्रतिबन्धित लागु औषध गाँजा सहित कावासोती-१५ बस्ने प्रकाश घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका छन् !

adv

गिरीका अनुसार चेक जाँचको क्रममा लु ४२ प ६०३६ नम्बरको मोटर साइकलमा सवार घिमिरेले बोरामा लुकाएर ल्याउँदै गरेको अवस्थामा अन्दाजी ६ केजी प्रतिबन्धित लागु औषध गाँजा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका घिमिरेलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको गिरीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस