२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा गैंडा मृत फेला

२०७७ फागुन ५, बुधबार प्रकाशित ( साल अघि) १६९४ पाठक संख्या

कावासोती ५ फागुन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा अन्दाजी ३० वर्षको गैंडा मृत फेला परेको छ ।

निकुञ्जको पश्चिमी सेक्टर (पुर्वी नवलपरासी क्षेत्र ) अमलटारीको गिद्धेनी पोष्टको २०० मिटर नजिक नारायणी नदी छेउमा अन्दाजी ३० वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छ्न ।

नारायणी नदिको भङ्गालो तर्ने क्रममा ढिस्को उक्लिन नसकेर उत्तानो परी गैंडा मरेको हुन सक्ने अनुमान गरिएको अधिकारीले बताए । मृत गैंडाको खाग खुर सुरक्षित रहेको अधिकारीले बताए।

यो सँगै यस आर्थिक वर्षमा मर्ने गैडाको संख्या २४ पुगेको छ । २४ मध्य ४ वटा गैडा चोरी शिकारीको कारण र २० वटा गैंडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिएका छ्न ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस