२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

रिहा भइन् रामकुमारी झाँक्री

२०७७ माघ ३०, शुक्रबार प्रकाशित ( साल अघि) ८९७ पाठक संख्या

काठमाडौं- नेकपा (प्रचण्ड–नेपाल समुह) की नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् ।

महानगरीय अपराध महाशाखाले झाँक्रीलाई सोधपुछ गरी छाडेको एसएसपी दीपक थापाले जानकारी दिएका छन् ।

झाँक्रीलाई श्रीमान् पशुपति पुरीको रोहवरमा छाडिएको प्रहरीले जनाएको छ ।

सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन् ।

झाँक्रीको बयान उदृत गर्दै एसएसपी थापाले भने – ‘संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि उत्तिकै रहनेछ । यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ । अरू केही गरेको होइन ।’

ुबयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन । मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौुं,उनले भने।

प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो ।

झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस