२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

कावासाेतीमा जुवाकाे खालबाट ५ जना पक्राउ

२०७७ कार्तिक ९, आईतबार प्रकाशित ( साल अघि) ११०२ पाठक संख्या

कात्तिक,९ कावासोती । नवलपुरको कावासोतीमा जुवातास खेल्दै गर्दा पाँच जना डेढलाख भन्दा बढी नगद रुपैंया सहित ५ जना पक्राउ परेका छन् ।

शनिबार राती साढे ११ बजेको समयमा कावासोती नगरपालिका वडा नं १४ कोटटाँडी स्थितमा रहेको प्रेमलाल महत्तोको घरमा जुवातास खेलीरहेको अवस्थामा १ लाख ६८ हजार २ सय २५ रुपैंया सहित पाँच जनालाई पहरीले पक्राउ गरेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा कावासोती २ का ४४ बर्षीय श्याम श्रेष्ठ, कावासोती १ का २७ बर्षीय विनोद सुनार, कावासोती ८ का ३४ बर्षीय सन्तोष परियार, कावासोती १४ का ३६ बर्षीय मिनबहादुर थारू र ४० बर्षीय नारायण महतो रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस