२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

कावासोतीको जंगलमा नवजात शिशु मृत अवस्थामा भेटिए

२०७७ कार्तिक ६, बिहिबार प्रकाशित ( साल अघि) १०९३ पाठक संख्या
कावासोती, ६ कार्तिक। नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को कावासोतीमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ४ शंखदेव निर जंगलमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बालकको शव मंगलबार राति नै घटना स्थलबाट उठाएर अस्पतालमा राखिएको छ ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । स्थानिय बासिन्दाले भने कसैले हत्या गरेर फालेको हुनसक्ने आशंका गरेका छन् । मृत बालकको शव मंगलबार दिउँसो नै बाटोमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरेका थिए ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस