२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

दिनहुँ राजमार्गमा निस्कन्छ गैंडा

२०७७ कार्तिक ६, बिहिबार प्रकाशित ( साल अघि) १०१८ पाठक संख्या

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम राजमार्गको नवलपरासी खण्डमा दिनदिनै गैंडा निस्कन थालेका छन् । बिहीबार कावासोतीमा बाटामै गैंडा आइपुगेको छ । चितवन निकुञ्जबाट ६ किलोमिटर उत्तर राजमार्गमा एक सातायता दिनहुँ गैंडा डुल्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट २ किलोमिटर पूर्वतर्फ राजमार्गमा गैंडा हिँडेपछि हेर्ने र फोटो खिच्नेको भीड लागेको थियो ।राजमार्ग किनारमा चर्ने गैंडा राजमार्ग वारपार गर्दा यात्रुले रमाइलो मान्ने गरेको स्थानीय सूर्य गुरुङले बताए ।

डिभिजन वन कार्यालयका सहायक अधिकृत शरद अधिकारीले गैंडालाई बस्तीतर्फ आउन नदिन धपाउन थालिएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस