२०८२ चैत्र ११, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कोरोना भाइरसबाट एक पुरुषको मृत्यु

२०७७ आश्विन २८, बुधबार प्रकाशित ( साल अघि) १९८१ पाठक संख्या

 

कावासोती २८ असोज । कोरोना भाइरसबाट नवलपुरका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत नवलपरासी पूर्व मध्यविन्दु–१५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो।

कोभिड आइसीयूमा उपचाररत ती पुरुषको राति १०ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । असोज १८ गते श्वासप्रश्वासमा समस्या भई ती पुरुष अस्पताल भर्ना भएका थिए ।

उनमा असोज २० गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । यो सँगै जिल्ललामा मा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस