२०८१ कार्तिक ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवनियुक्त मन्त्रीहरूको सपथ बिहीबार

२०७७ आश्विन २८, बुधबार प्रकाशित ( साल अघि) १३२० पाठक संख्या

काठमाडौं- असोज २८ ।

बुधबार भएको पुनर्गठनमा मन्त्रीहरूको सपथ ग्रहण बिहीबार बिहान साढे ११ बजे हुने भएको छ। राष्ट्रपतिको कार्यालयले बिहीबार बिहान साढे ११ बजेका लागि मन्त्रीहरूको सपथ ग्रहणको तयारी गरिएको जानकारी दिएको छ।

बुधबार राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिमण्डल पुनर्गठन गरेकी थिइन्। पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ।यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठले पाएका छन्। सहरी विकास मन्त्रालयमा कृष्ण गाेपाल श्रेष्ठलाई ल्याइएको छ। श्रेष्ठद्वय पहिलोपटक मन्त्री बनेका हुन्।

सञ्चार मन्त्रालयको जिम्मा यसअघि बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई दिइएको छ। यसैगरी रक्षा मन्त्रालयको जिम्मा भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँ राखेका छन्। यसअघिका रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहने गरी उपप्रधानमन्त्री तोकिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस