२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणीले बगायो गैंडा

२०७७ आश्विन ९, शुक्रबार प्रकाशित ( साल अघि) १३७५ पाठक संख्या

चितवन — लगातारको वर्षापछि नारायणी नदी उर्ल‌ंदा चितवन राष्ट्रिय निकुञ्जका जनावरलाई पनि असर गरेको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले गैंडाको एउटा बच्चालाई नारायणीले बगाएको जानकारी दिए ।

‘नदीको भेलले जनावर बग्ने जोखिम रहन्छ । हिजो नारायणी नदी उर्लेको थियो । गैंडाको एउटा तीन–चार वर्षको बच्चा बग्यो भन्ने छ,’ उनले भने । नवलपरासीको पश्चिम बहुवनबाट गैंडाको बच्चा बगेको हो । यसरी बगेका गैंडा भारतीय क्षेत्रसम्म पुग्छन् । नदीमा बगेपछि मर्ने खतरा पनि रहन्छ ।

०७४ सालको साउनमा आएको बाढीमा बगेर चितवन निकुञ्जका १० वटा गैंडा त्रिवेणीदेखि दक्षिण पश्चिमको भारतीय क्षेत्र पुगेका थिए । निकुञ्जले त्यसरी बगेका र ज्यूँदै रहेका गैंडा उद्धार गरेर चितवन नै ल्याएको थियो । कान्तिपुरबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस