२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

चितवनमा उपचाररत बाराका एक पुरुषमा मृत्युपछि कोरोना पुष्टि

२०७७ आश्विन ८, बिहिबार प्रकाशित ( साल अघि) १०२६ पाठक संख्या
चितवन – चितवनस्थित अस्पतालमा उपचार गराइरहेका एक जना पुरुषको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं १० का ७७ वर्षीय पुरुषको मृत्युपछि आज सङ्क्रमण पुष्टि भएको हो ।

ती पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।

यही असोज ३ गते ज्वरो र निमोनियाको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आज नै चितवन मेडिकल कलेजमा उपचारत् एक युवकको पनि कोरोना सङ्क्रमणबाट मृत्यु थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस