२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणी बढेपछि गैँडाकोटका २०० घर परिवार जोखिममा

२०७७ आश्विन ८, बिहिबार प्रकाशित ( साल अघि) ९२३ पाठक संख्या

गैँडाकोट ८ असोज । अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि झण्डै गैँडाकोटमा २०० घरपरिवार डुवानको जोखिममा परेका छन । गैँडाकोट नगरपालिका वडा नं.२ स्थित नारायणी नदी किनारका झण्डै २०० घरपरिवार जोखिममा परेका हुन । नदीमा पानीको सतह बढ्दै गएको खण्डमा सम्भावित जोखिमलाई ध्यान दिदै नदी किनारमा स्थानीयहरुलाई वैकल्पीक स्थानमा सार्ने तयारी स्थानीय सरकारको छ ।

गैँडाकोट नगरपालिका वडा नं.२ का अध्यक्ष ध्रुवराम पौडेलले निरन्तर वर्षा भैरहे नदी किनारका वडाबासीलाई वैकल्पीक स्थानमा राख्नको लागी आफु हाईअर्लटमा बसेको जानकारी दिनुभयो । अहिलेसम्मको अवस्था डराईहाल्नु पर्ने त छैन पौडेलले भन्नुभयो: ” नदीमा पानीको बहाव बढ्दै गएको खण्डका झण्डै २०० परिवारलाई अन्यत्र स्थानमा स्थानान्तरण गर्नपर्ने हुन्छ त्यसको लागी वडा तयारी अवस्थामा छ” ।
लगातार वर्षा भै पानीको सतह बढेपछि नदी किनारमा रहेका स्थानीयहरु अहिले सर्तक अवस्थामै छन ।

गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको अक्सफोर्ड कलेज सहित विभिन्न संघसस्थाका भवनहरु प्रयोग गरेर संकटको समयमा वडाले स्थानीयहरुलाई व्यवस्थापन गर्दै आएको छ । वडा अध्यक्ष पौडेलले आजै सम्भावित जोखिममा रहेको नदीक्षेत्रमा पुगेर वास्तविक अवस्थावारे जानकारी लिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस