२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा खोलाले गाडी नै बगायो

२०७७ आश्विन ८, बिहिबार प्रकाशित ( साल अघि) ११२५ पाठक संख्या
असोज ८ कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को बिनयी त्रिवेणीमा खोलाले गाडी सहित एक जनालाई बगाएको छ । बुधबार दिउँसो ४ बजे बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित सनही खोला तर्ने क्रममा कावासोती ८ स्थित लालीगुँरास बेकरी उद्योगको ना ३ च १५९४ नम्बरको छोटा हात्ती गाडी र चालक २६ बर्षिय नेत्र लाल भुर्तेललाई बगाएको प्रहरीले जनाएको छ ।

सोहि गाडीमा रहेका सेल्समेन (बिक्रेता) नवलपरासी पश्चिमको बर्दघाट १६ कुकुरमाराका ५३ बर्षिय धन बहादुर गुरुङलाई भने स्थानियले सकुशल उद्धार गरेका छन् । बेपत्ता गाडी र चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वमा सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस