२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

सुनवल नगरपालिका ३ नम्बर वडा कार्यालयको भवन शिलान्यास

२०७७ भाद्र २९, सोमबार प्रकाशित ( साल अघि) १२०८ पाठक संख्या

कृष्ण पौडेल

सुनवल । विश्वभरि महामारी रूपमा फैलिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी सुनवल नगरपालिका ३ नम्बर वडा कार्यालयको भवन शिलान्यास गरिएको छ ।

सुनवल नगरपालिका वडा नं ३ का वडा अध्यक्ष कर्ण बहादुर सेनद्वारा वडा सचिव अग्निदर न्यौपाने, वडा सदस्य रन बहादुर पुन, रेनु थापा, लक्ष्मी परियार तथा ६ वटा अन्य वडाका अध्यक्षहरु लगायतको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो ।

वडा कार्यालयको शिलान्यास गर्दै वडा नं ३ का अध्यक्ष कर्ण बहादुर सेनले अबको छ सात महिनामा भवनको निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरेको बताउनुभयो । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा परेको बजेट अनुसार ९० लाखको लागतमा दुई तले भवन निर्माण हुन लागेको वडा नं ३ का वडा सचिव अग्निदर न्यौपानेले जानकारी दिनुभयो ।

अहिले वडा कार्यालयको आफ्नै निजी भवन नहुँदा प्रत्येक महिना वडा कार्यालयले मासिक १५ हजार तिरेर सेवा प्रदान गर्दै आएको छ । सुनवल नगरपालिकाका धेरै जसो वडा कार्यालयहरु भाडा तिरेर सेवा दिइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस