२०८२ अषाढ १, आईतबार
नयाँ
पछिला अपडेट

मध्यबिन्दुमा गैंडाको आक्रमणबाट १ जना घाइते

२०७७ भाद्र २९, सोमबार प्रकाशित ( साल अघि) १२४८ पाठक संख्या
भदौ, कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)को मध्यबिन्दु नगरपालिका ३ ब्रम्हस्थानमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । आज (आइतबार) दिउँसो साढे २ बजेको समयमा ५२ बर्षिय देबीराम महतोलाई घर पछाडी बारीमा काम गर्नेक्रममा अचानक गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

देबीरामको बाया खुट्टा र दाहिने हातमा चोट लागी घाइते भएको र उपचारका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाइएपछि थप उपचारका लागी अहिले भरतपुर सामुदायिक अस्पताल चितवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका सुचना अधिकृत प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए । उनको अवस्था मध्यम रहेको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस