२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण : भवन बाहिरबाटै ओपिडी सेवा

२०७७ भाद्र २५, बिहिबार प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

नवलपुर, भाद्र २५ । नवलपुरको कावासोती-१६ स्थित मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अस्पतालको सेवा प्रभावित भएको छ ।

 

“स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिए पछि अहिले ज्वरो क्लिनिकको सेवा भवन बाहिर रहेको प्रतिक्षालय र चौतरीबाट प्रदान गरेका छौं । ओपिडिमा आउने अन्य बिरामीको चेकजाच पनि बाहिरनै गरिएको छ” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल गौतमले बताए ।

 

“अस्पताललाई निर्मलीकरणको काम भईरहेको छ, आकस्मिक र प्रसुती सेवालाई निरन्तरता दिएका छौ, संक्रमित सँग सम्पर्कमा आएकोको कन्टयाक ट्रेसिङ भईरहेको छ” गौतमको भनाई थियो ।

 

बुधबार पोखरा स्थित प्रादेशिक प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार अस्पतालमा कार्यरत कावासोती-१७ कि ३६ वर्षीय स्वास्थ्यकर्मी  र कावासोती-१६ कि ३४ वर्षिय महिला कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु अहिले जिल्ला अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ  ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस