२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरका विपन्न माझि,मुसहर समुदायमा खाद्यान्न संकट

२०७७ भाद्र २३, मंगलबार प्रकाशित ( साल अघि) १४२७ पाठक संख्या

बिबेक भण्डारी 

नवलपुर २३ भादै । विपन्न माझि मुसहर समुदायमा खाद्यान्नको संकट पर्न थालेको छ ।

लगातारको लकडाउनका कारण दैनिक ज्यालादारी गरेर खाद्यान्नको जोहो गर्ने यस समुदायमा काम नपाएपछि खाद्यान्न समस्या पर्ने देखिएको हो ।

उनीहरु लामो समयदेखि काम विहिन भएका छन् । योसंगै उनीहरुमा आर्थिक संकट परेको छ ।

ज्यालादारी गरेर परिवार पाल्दै आएकी देवचुली नगरपालिका वडा नम्बर २ की श्रीदेवी परियारले काम नपाउँदा छाकटार्नै समस्या परेको दुखेसो पोख्नुभयो ।

नवलपुरमा दैनिक कोरोना संक्रमित थपिन थाले पछि यहाका स्थानिय तहहरुले लकडाउनको अवधि बढाउँदा अति बिपन्न परिवार संकटमा पर्दैगएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस